Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • रुसी कब्जाबाट फिर्ता गरेको भूमिमा पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रुसी कब्जाबाट फिर्ता गरेको भूमिमा पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 801
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण सुरु गरेका छन् ।

    पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनालाई भगाउँदै कब्जा गरेका विभिन्न ठाउँका भूमि फिर्ता गरिरहेको छ ।



    जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँठाउँमा युक्रेनी झण्डा फहराएको छ ।



    जेलेन्स्कीले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४ मा कब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताए ।युक्रेन पछिल्लो समय पूर्वी युक्रेनमा आक्रामक बन्दै रुसले कब्जा गरेका भूमि फिर्ता लिइरहेको छ ।

    खार्किभमा छोटो समयमै ८ हजार वर्ग किलोमिटरभन्दा धेरै भूमि फिर्ता लिइसकेको र अब पूर्वी डोनबास क्षेत्रमा निशाना बनाएर ठूलो र मुख्य सहर फिर्ता गर्ने अभियानमा रहेको खबरमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार