Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिद्धबाबा सुरुङ मार्गका लागि बुटवल-पाल्पा सडक दैनिक ८ घन्टा बन्द हुने

    सिद्धबाबा सुरुङ मार्गका लागि बुटवल-पाल्पा सडक दैनिक ८ घन्टा बन्द हुने

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 570
    SHARES

    रुपन्देही । सिद्धबाबा सुरुङमार्ग पूर्वतयारीका लागि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

    सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो ।



    वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको हो ।



    दिनरात गरेर फागुन १३ गतेदेखि १५ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुने जनाइएको छ ।

    सडक बन्द भएपछि अति आवश्यक पर्ने सवारी साधन, साना, हलुका गाडीलाई वैकल्पिक मार्गको रुपमा दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नतिपश्चात राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय भएको छ ।

    सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रकममा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार