Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्तासम्म बन्द

    रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्तासम्म बन्द

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 288
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीमा मदन भण्डारी राजमार्ग खडकखण्ड अन्तर्गत रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्तासम्म बन्द हुने भएको छ ।

    आजदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र राति पनि १० बजेदेखि ४ बजेसम्म सडक बन्द हुने भएको हो ।



    मदन भण्डारी राजमार्ग योजना कार्यालयले सार्वजनिक सूचना निकालेर रिडी–तम्घास खण्डमा सडक विस्तारको काम भैरहेको र अबको तीन हप्ता वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।



    सडक निर्माणको क्रममा पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउनेलगायतका काम हुने आयोजनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार