Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • असारदेखि भदौसम्म सडक खन्न र भत्काउन रोक, अटेरी गरे कारबाही हुने

    असारदेखि भदौसम्म सडक खन्न र भत्काउन रोक, अटेरी गरे कारबाही हुने

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले आउँदो असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।

    सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सार्वजनिक सूचना निकालेर बर्खायाममा सडक खन्न रोक लगाएको हो ।



    सडक विभाग अन्तर्गतको कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार एक गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न अनुरोध गरेको हो ।



    बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कारबाही गर्ने कार्यालयको चेतावनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार