Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सीआईबीले सक्यो पृथ्वीबहादुरविरुद्धको अनुसन्धान,चार कसुरमा मुद्दा चलाइँदै

    सीआईबीले सक्यो पृथ्वीबहादुरविरुद्धको अनुसन्धान,चार कसुरमा मुद्दा चलाइँदै

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 885
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पृथ्वीबहादुर शाहविरुद्धको अनुसन्धान पूरा गरेको छ। बुधबार सीआईबीले पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयबिक्रम शाहसहितका व्यक्तिविरुद्धको अनुसन्धान सकिएको जानकारी दिएको हो।

    अनुसन्धान सकिएसँगै शाहविरुद्ध विभिन्न चारवटा कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ। शाहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध शीर्षका चारवटा कसुरमा मुद्दा अघि बढाउन लागिएको सीआईबीले जनाएको छ।



    शाहबाट पीडित भएकाहरुको संख्या ५६ रहेको र शाहसँगै यी अपराधमा अन्य २० जना संलग्न रहेको पाइएको सीआईबीले जनाएको छ। जसमध्ये अहिलेसम्म ७ जनालाई पक्राउ गरिएको भने १६ जना अझै फरार रहेका छन्।



    पृथ्वीबहादुर र भाइ विजयविक्रम शाहले मिलेर संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्धेश्यले २४ भन्दा बढी कम्पनीहरु स्थापना गरेको पनि फेला परेको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले बताए ।

    तर ती कम्पनीलाई विदेशी मुद्रा अवैध रुपमा भित्र्याउने थलोका रुपमा प्रयोग गरेको खुलेको छ। शाहले त्यसपछि रिमोट एक्सेसबाट उनीहरुको डिभाइसमा गैरकानुनी पहुँच बनाएर बैंक एकाउन्टमा पहुँच पुर्‍याइ उक्त रकम नेपाल र थाइल्यान्डसमेत पठाउने गरेको सीआईबीले जनाएको छ।

    उनले त्यक्रममा २४ जना पीडितहरुबाट २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठग्न सफल भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ। त्यसैगरी उनले ठगी गरेर स्विफ्टमार्फत नेपालमा ४५ लाख ४६ हजार ६३९ रुपैयाँ नेपाल पठाएको पनि सीआईबीले पत्ता लगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार