Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अब्दुल्लाह अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड

    अब्दुल्लाह अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 546
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक भएका छन्।

    नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताइरीले पाएका हुन् ।



    यो विधामा क्रिकेटका डेव वाटमोर, भलिबलका जगदिश भट्ट, तेक्वान्दोका कविराज नेगी र बक्सिङका दीपक महर्जन मनोनयनमा थिए।



    उनीहरुलाई पछि पार्दै अवार्ड जितेका अलमुताइरले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।

    नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा अलमुताइरीले नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्‍याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार