Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आज मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लाससाथ होली मनाइँदै

    आज मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लाससाथ होली मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 603
    SHARES

    जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ ।

    मंगलबार परिक्रमा सम्पन्न भएपछि आज मिठामिठा परिकार बनाएर खाँदै एकअर्कालाई रंग दलेर हर्षोल्लासपूर्वक होली मनाइँदै छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामका चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ।



    मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत्, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमा उल्लेख गरिएको पाइन्छ। आज बिहान श्रद्धालुहरु अन्तगृह घुमेर परिक्रमालाई समापन गर्नेछन्। असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक एवं आपसी एकता सद्भावकमो रुपान होली पर्व मनाइँन्छ ।



    यसअघि फागुन पूर्णिमाको दिन सोमबार पहाडी जिल्लामा र एकदिन पछि मंगलबार तराई मधेशका जिल्लाहरुमा होली पर्व मनाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार