Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नारी दिवसमा गायिका समीक्षा लेख्छिन् – ‘साँच्चिकै नारीलाई मान्छौ भने आत्माबाट मान’

    नारी दिवसमा गायिका समीक्षा लेख्छिन् – ‘साँच्चिकै नारीलाई मान्छौ भने आत्माबाट मान’

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 585
    SHARES

    काठमाडौं । गायिका समीक्षा अधिकारीले नारीका बारेमा बाहिर कठै बिचरा भन्दै पिठमा छुरा प्रहार गर्ने देखेको टिप्पणी गरेकी छिन् ।

    अन्तर्राष्ट्रिय नारी दिवसका दिन बुधबार साँझ सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले आफ्नो पीडा र आक्रोश पोखेकी हुन् ।



    उनले बोलीमा महिलावादी तर व्यवहारमा महिलाविरोधी व्यक्तिहरूलाई आफूले देखेको र भोगेको बताइन् । उनले साँच्चिकै नारीलाई सम्मान गर्ने हो भने आत्मादेखि नै गर्न र व्यवहारमा देखाउन आग्रह गरिन् ।



    ‘नारीका बारेमा खोक्रो आदर्शवादका कुरा गर्नेहरू पनि देखेँ, बाहिर कठै विचरा भन्दै पिठमा छुरा प्रहार गर्ने पनि देखेँ, समानता र समावेशीको काम्लो ओढेर आफैँले आफैँलाई नारीवाद कहलिएकाहरूलाई पनि देखेँ, नारीको इज्जत, सम्मान गर्न नजान्नेहरूले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुनेँ, देखेँ । साँच्चिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान, तिम्रो व्यवहारका पोल्टामा नारीलाई सम्मान गर नकि फेसबुके स्टाटस र तिम्रो भाषणमा,’ अधिकारीले फेसबुकमा लेखेकी छन् ।

    यति लेखेर उनले सम्पूर्ण नारीलाई ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिएकी छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार