Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अस्ट्रेलियाको भिसाबारे समीक्षाले भनिन् -‘ब्ल्याक लिष्ट’मा परेको खबर झुटो हो

    अस्ट्रेलियाको भिसाबारे समीक्षाले भनिन् -‘ब्ल्याक लिष्ट’मा परेको खबर झुटो हो

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । गायिका समीक्षा अधिकारीले अष्ट्रेलियाले आफ्नो भिषा रद्ध गरिदिएको भनि आएका समाचार झूटो भएको बताएकी छन् ।

    अस्ट्रेलियाको भिसा रद्द भएको खबर फैलिएसँगै गायिका अधिकारीले आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।



    समीक्षाले लेखेकी छिन्,‘म ब्ल्याक लिस्टमा परेको भन्ने खबर सरासर झुटो हो । मलाई अहिले तीज कार्यक्रमको लागी दिदी बहिनी इभेन्टले बोलाएको हो । म १८ वर्ष पुगिसकेको छु र मैले गार्जियन एप्लाई गरेको छु भन्ने कुरा सरासर झुटो हो । यस्ता भ्रामक समाचारमा विश्वास नगरिदिनुहुन विनम्र आग्रह गर्दछु । अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाई सकेकी छु । भएको यति हो ।’



    सत्य तथ्य नबुझी आफूमाथि प्रहार गरिएको उनको आरोप छ । आफ्नो दिदी अस्ट्रेलियाको नियममा रहेर त्यहाँ पढ्दै गरेको समीक्षाले बताएकी छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार