Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अस्ट्रेलिया किन उडिन् गायिका समीक्षा अधिकारी ?

    अस्ट्रेलिया किन उडिन् गायिका समीक्षा अधिकारी ?

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 741
    SHARES

    काठमाडौं । गायिका समीक्षा अधिकारी अस्ट्रेलिया उडेकी छन् । उनी गत मंगलवार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया प्रस्थान गरेकी हुन् ।

    टिकटकमा भेटिएका उनका भिडिओ र अस्ट्रेलियामा पुगेपछि उनका आफन्तले गरेको स्वागतले उनी लामो समयका लागि अस्ट्रेलिया गएको अनुमान गरिएको छ ।



    तर स्रोतका अनुसार समीक्षा कार्यक्रमहरूमा सहभागी हुन अस्ट्रेलिया उडेकी हुन् । उनी अब झन्डै दुई–तीन महिना उतै रहने बताइएको छ । तर समीक्षाले यस विषयमा केही बोलेकी छैनन्। सानो उमेर लोकप्रियताको उडान भरेकी समीक्षा केही समययता तनावको जिन्दगी बाँचिरहेकी छन् ।



    उनले गाएका ‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’, ‘माया मारेर’, ‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु बर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिस्यो’, ‘धनगढीको बसमा’ लगायतका थुप्रै गीत हिट छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार