Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गायिका समीक्षा अधिकारी भन्छिन् – मेरो जिन्दगी चलचित्रको कथाजस्तै भो

    गायिका समीक्षा अधिकारी भन्छिन् – मेरो जिन्दगी चलचित्रको कथाजस्तै भो

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । गायिका समीक्षा अधिकारीले अगाडि बढ्न खोज्दा खुट्टा तान्नेहरु धेरै भएको बताएकी छन् ।

    सामाजिक संजालमा एक पोस्ट गर्दै समीक्षाले आफू गलत नभएको र चरित्रहीन छोरी पनि नभएको बताएकी हुन् ।



    समीक्षाले लेखेकी छन्, ‘अगाडि बढ्न खोज्छु । मेरा पाइला पछाडि तानिन्छन् । मनभित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहीँ कतै भुलाउन खोज्छु । तर जताततै अँध्यारो देख्छु । ए मेरो पनि भावना छ तपाईंको जस्तै । मेरो पनि मन छ तपाईंको जस्तै । आँसु झर्दा दुख्छ, पोल्छ । चलचित्रको कथाजस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ । ’



    समीक्षाले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको बताईन् । उनले मनभित्रको बह सुनाउन खोज्दा हाँसो र मजाकको पात्र बन्ने गरेको पनि गुनासो गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार