Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गायिका समीक्षाले दिइन् चार फेसबुक पेजविरुद्ध उजुरी, कानुनी कारबाही गर्न माग

    गायिका समीक्षाले दिइन् चार फेसबुक पेजविरुद्ध उजुरी, कानुनी कारबाही गर्न माग

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 3.7K
    SHARES

    काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूविरुद्ध नराम्रो समाचार लेखेर सम्प्रेषण गरेको भन्दै चार फेसबुक पेजविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् ।

    उनले आफूबारे नकारात्मक समाचार बनाएर मानसिक यातना दिएको आरोप लगाउदै प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।



    उनले आइतबार ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेका फेसबुक पेजविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छिन् ।



    समीक्षाले आफ्नो इज्जत र प्रतिष्ठामाथि आँच आउने गरी ती पेजले बिनाप्रमाण समाचार लेखेर पोस्ट गरेको दाबी गरेकी छन् । उनले फेसबुक पेज चलाउने व्यक्तिहरूलाई खोजेर कानुनी कारबाही गर्न ती पेजहरू बन्द गराउन माग गरेकी छन् ।

    ‘कुनै प्रमाण नभइ बिना आधार जे मन लाग्यो त्यही कुराहरु लेखी पोस्ट गरेको हुँदा उक्त फेसबुक पेज चलाउने व्यक्तिलाई खोजतलास गरी कानुनी कारवाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ,’ निवेदनमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार