Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उदयपुरमा आगलागीमा परि दिदीभाईको मृत्यु

    उदयपुरमा आगलागीमा परि दिदीभाईको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 567
    SHARES

    फाइल तस्विर

    उदयपुर । उदयपुरमा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

    जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हिजो बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको थियो । घरमा रहेका जस्मिन र रोजनको जलेर ज्यान गएको वडासदस्य रुद्रबहादुर लुङ्गेली मगरले जानकारी दिए ।



    आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार