Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिवि क्रिकेट मैदानमा फ्लटलाइट जडान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    त्रिवि क्रिकेट मैदानमा फ्लटलाइट जडान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 594
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

    आईसीसी विश्वकप लिग-२मा विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन पनि दिएका छन् ।



    प्रधानमन्त्रीले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारकोतर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

    बिहीबार नेपाल र यूएईबीचको खेल हेर्न प्रधानमन्त्री त्रिवि मैदान पुग्दा त्यहाँ उपस्थित दर्शकहरूले ठुलो स्वरमा रङ्गशाला बनाउन माग गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशिको पुरस्कार घोषणासमेत गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार