Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कुलमान भन्छन् – दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् पुग्छ

    कुलमान भन्छन् – दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् पुग्छ

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 441
    SHARES

    तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाई उज्यालो बनाउने हिसावमा काम भइरहेको दाबी गरेका छन् ।

    तनहुँको बन्दिपुर गाउँपालिका–६ स्थित ३३/११ केभीको सराङघाट सबस्टेसनको सोमबार उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



    उनले करिब दुई वर्षभित्र सबै नेपालीको घरघरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच पुर्‍याउने बताए ।



    ‘सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौं, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्’, घिसिङले भने, ‘योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार