Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने लोसपाको निर्णय

    सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने लोसपाको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 405
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

    बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने निर्णय गरेको हो ।



    लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सहभागिताका विषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ ।



    बैठकले वैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार