Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गण्डकीमा माओवादीका दुई मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

    गण्डकीमा माओवादीका दुई मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 468
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

    शुक्रबार मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादीका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।



    माओवादी दल नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले राजिनामा बुझाएका हुन् ।



    माओवादी गत २५ पुसमा एमाले नेता अधिकारी नेतृत्वमा बनेको सरकारमा माओवादी संलग्न भएको थियो ।

    माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार समस्यामा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार