Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ललितपुरमा एकीकृत समाजवादीका कमिटी नै एमालेमा फर्किए

    ललितपुरमा एकीकृत समाजवादीका कमिटी नै एमालेमा फर्किए

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 909
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसंहित ललितपुर महानगर वडा नं १५ को समिति नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

    बुधवार एमाले पार्टी कार्यलय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमबाट उनीहरू पुरानै घरमा फर्किएका हुन् ।



    उनीहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले अविर  र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।



    एमालेमा फर्किनेहरूमा नेकपा (एस) का जिल्ला सचिव मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्कीलगायत ३९ जना छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार