Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रवि भन्छन् – नेता इमान्दार नहुँदा देशको ढुकुटी रित्तियो, भ्रष्टाचारलाई लुकाउनु हुँदैन

    रवि भन्छन् – नेता इमान्दार नहुँदा देशको ढुकुटी रित्तियो, भ्रष्टाचारलाई लुकाउनु हुँदैन

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 573
    SHARES

    तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा इमान्दार नेताहरु नहुँदा देशको ढुकुटी रित्तिएको टिप्पणी गरेका छन् ।

    तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभामा आइतबार लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । उनले देशमा अथाह आर्थिक सम्भावना भए पनि इमान्दार नेतृत्व नहुँदा देशले प्रगति गर्न नसकेको बताए ।



    ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारलाई लुकाउनु हुँदैन’, उनले भने,’छानबिन गर्ने र इमान्दार भएर काम गरे रित्तिएको ढुकुटी भर्न सकिन्छ ।’



    आफ्नो पार्टीले भ्रष्टाचारीलाई महल बनाउन नदिने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार