Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अघि बढाउने प्रमुख तीन दलबीच सहमति

    प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अघि बढाउने प्रमुख तीन दलबीच सहमति

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 513
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हो ।



    संवैधानिक परिषद्को बैठक राख्ने विषय सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। प्रधानमन्त्री प्रचण्डले लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशका भरमा चलेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने प्रस्ताव गरेका थिए ।



    प्रधानमन्त्रीको उक्त प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाएका थिए । चाँडै प्रधानमन्त्रीले संवैधानिक परिषद बैठक बोलाउने र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने प्रमुख सचेतक लेखकले बताए ।

    यस्तै, टिआरसी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार