Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उपनिर्वाचनले देखाएको राजनीतिक परिस्थितिका विषयमा समीक्षा गर्नुपर्छ : नैनसिंह महर

    उपनिर्वाचनले देखाएको राजनीतिक परिस्थितिका विषयमा समीक्षा गर्नुपर्छ : नैनसिंह महर

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 432
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताएका छन् ।

    राजधानीको नयाँबानेश्वरमा सम्पर्क समितिहरू सँगको छलफलका क्रममा आयोजित कार्यक्रममा बोल्दै नेता महरले यस्तो बताएका हुन् ।  नेता महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरे ।



    नेता महरले भने,‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति अधिवेशनबाट टुंगो लगाउनुपर्छ।’



    प्रत्येक दुई-दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र सांगठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाई छ ।

    मंसिर ४ मा आम निर्वाचन भएर वैशाख १० मा उपनिर्वाचन भइसक्दा समेत केन्द्रीय समिति बैठक बोलाउन पार्टी नेतृत्वले आवश्यक नठान्नु दुखःद भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार