Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस केन्द्रीय समिति बैठक

    महामन्त्रीद्वय थापा र शर्माले सभापतिहरुसँग गरेको छलफल अवैधानिक

    महामन्त्रीद्वय थापा र शर्माले सभापतिहरुसँग गरेको छलफल अवैधानिक

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 606
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेसको रूपमा भातृ संगठन थप गर्न माग गरेका छन् ।

    पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्य महरले यस्तो बताएका हुन् ।



    त्यस्तै उनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुसँग गरेको छलफलको प्रक्रिया नपुगेको बताएका छन् । महरले जिल्ला सभापतिको भेलामा सभापति सहभागी नभएको विगतको उदाहरण नभएको सुनाए ।



    लोकतन्त्रमा परिणाम मात्रै नभई प्रक्रियाको पनि महत्व हुने भन्दै उनले प्रक्रिया नपुर्‍याई गरिएका काम अवैधानिक हुने महरको भनाइ छ । महामन्त्रीद्वय थापा र शर्माले २१ र २२ असारमा ७७ जिल्लाका सभापतिलाई काठमाडौं डाकेर संगठन निर्माणका विषयमा छलफल गरेका थिए ।

    सरकार, संसद् र पार्टीबीचको समन्वय हुन नसकेको विषयलाई पनि महरले बैठकमा उठाए । सरकार, सदन र पार्टीबीचको समन्वयमा केही समस्या रहेको महरको धारणा थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार