Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चीनले प्रकाशन गरेको नक्साबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्छ : नैनसिंह महर

    चीनले प्रकाशन गरेको नक्साबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्छ : नैनसिंह महर

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 840
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रकाशन चिनियाँ सरकारले प्रकाशन गरेको नक्साबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।

    शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता महरले यस्तो बताएका हुन् । नेता महरले चिनियाँ नक्सामा नेपालको चुच्चे भाग नक्सा समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरे ।



    उनले त्यसलाई सच्याउन नेपाल सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने बताए । नेता महरले चीनले जारी गरेको नक्साले नेपाल-चीनबीचमा सीमा समस्या रहेको विषय उजागर गरेको बताए ।



    उनले भूगोल र जनसंख्याले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार