Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस बैठकमा नैनसिंह महरले भने– सरकार, संसद र पार्टीबीच समन्वयमा समस्या देखियो

    कांग्रेस बैठकमा नैनसिंह महरले भने– सरकार, संसद र पार्टीबीच समन्वयमा समस्या देखियो

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 657
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद र पार्टीबीचको समन्वयमा कमजोरी देखिएको बताएका छन् ।

    पार्टी मुख्य कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता महरले सरकार, सदन र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका हुन् ।



    महरले भने, ‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार–प्रदेश समिति तथा स्थानीय तहका बीच ठूलो खाडल देखिन्छ। संसदले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ । यो अवस्थाको अन्त्य हुनुपर्छ।’



    यस्तै महरले तल्लो तहदेखि माथिल्लो तहसम्म पार्टीलाई गतिशील बनाउने हुटहुटी नेता–कार्यकर्तामा रहेको र त्यसलाई कांग्रेसको केन्द्रीय समितिले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिए ।

    गठबन्धन गरेर जाँदा बहुमत नआए पनि ठुलो पार्टी बनेको भएपनि औचित्यमाथि प्रश्न उठेको भन्दै अब गठबन्धन नगरी आफ्नै खुट्टामा टेकेर हिँड्नुपर्ने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार