Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • स्मार्टको सम्पत्ति लिलामीमा लगिँदै

    स्मार्टको सम्पत्ति लिलामीमा लगिँदै

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 705
    SHARES

    काठमाडौं । स्मार्ट टेलिकमले लाइसेन्स खारेज भएपछि सम्पत्ति हस्तान्तरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको १५ दिनको म्याद मंगलबार सकिएको छ ।

    बक्यौता रकम, नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुरलगायत करिब २९ अर्ब रूपैयाँ शुल्क नतिरेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख ४ गते स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज गर्दै सम्पत्ति हस्तान्तरणका लागि १५ दिने सूचना जारी गरेको थियो ।



    राज्यलाई तिर्नुपर्ने अर्बौं रूपैयाँ कर नतिरे कानुनी दाउपेचमा खेल्दै कानुनी छिद्र खोजिरहेको स्मार्ट टेलिकमको पक्षमा उच्च अदालतबाट समेत आदेश आएन । यद्यपी, स्मार्टले अझै सम्पत्ति हस्तान्तरण गर्न आनाकानी गर्दै आएको स्रोतको भनाइ छ ।



    कहिले उधारोमा लाइसेन्स नवीकरण गर्न खोज्ने, कहिले शक्ति केन्द्रलाई रिझाएर दबाब सिर्जना गर्नेलगायतका प्रयास असफल हुँदै गएपछि स्मार्ट टेलिकम उच्च अदालत पाटनमा पुगेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार