Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • धरानबाट २२७ केजी गाँजासहित २ जना पक्राउ

    धरानबाट २२७ केजी गाँजासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 597
    SHARES

    सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी-२ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल रहेका छन् ।



    उनीहरुलाई सशस्त्र प्रहरीले आठ बोरामा राखिएको २२७ किलो गाँजासहित नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका-१३ स्थित शिवधारा चेकप्वाइन्टबाट प्रदेश १-०२-००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँचका क्रममा ८ गाँजा बरामद भएको सशस्त्र प्रहरी बल कोशीले जनाएको छ ।



    पक्राउ परेका व्यक्तिसहित लागुऔषध गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार