Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतको प्रतिवद्धता – दुर्गम ठाउँहरूमा तत्काल चिकित्सक पुर्‍याउँछु

    नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतको प्रतिवद्धता – दुर्गम ठाउँहरूमा तत्काल चिकित्सक पुर्‍याउँछु

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 765
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरू पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    बिहीवार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।



    स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा चिकित्सक पुर्‍याउने काम गर्ने मन्त्री बस्नेतको योजना छ । आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने उनले बताए ।



    मन्त्रालयका सम्पूर्ण टीमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताए । स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने मन्त्री बस्नेतको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार