Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रेशम चौधरीलाई भेट्न रञ्जिता श्रेष्ठ पुगिन् डिल्लीबजार कारागार

    रेशम चौधरीलाई भेट्न रञ्जिता श्रेष्ठ पुगिन् डिल्लीबजार कारागार

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेकी छन् ।

    सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफलका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक चलिरहेको बेला उनी डिल्लीबजार पुगेकी हुन् ।



    टीकापुर घटनामा सर्वोच्च अदालतले रेशमलाई मंगलबार जन्मकैदको फैसला सदर गरेको छ ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।

    यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले १० दलीय सत्ता गठबन्धनको बैठक राखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार