Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • पासाङ ल्हामु शेर्पाका श्रीमान्‌ ल्हाक्पाले गरे सगरमाथा आरोहण

    पासाङ ल्हामु शेर्पाका श्रीमान्‌ ल्हाक्पाले गरे सगरमाथा आरोहण

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 504
    SHARES

    काठमाडौं । सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले सगरमाथा आरोहण गरेका छन् ।

    शेर्पाले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।



    यती समूहका अध्यक्षसमेत रहेका शेर्पाले करिब ३ दशकअघि श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् ।



    उनी क्याम्प–२ बाटै फर्केका थिए । पहिलो नेपाली महिला आरोहीको कीर्तिमान बनाएकी पासाङ ल्हामु शेर्पाले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार