Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पोल्यान्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुई विदेशी पक्राउ

    पोल्यान्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुई विदेशी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 534
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । पोल्यान्डमा लैजाने भन्दै काठमाडौंमा बिनाअनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

    वैदेशिक रोजगार विभागले यूएईको दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएटोसिकलाई पक्राउ गरेको हो ।



    त्यहाँ सहभागीमध्ये एक जनाले उनीहरूबाट दुबईमा ठगी भएको उजुरी पनि दिएका थिए । उनीहरुले पोल्यान्ड पठाउने भन्दै दुबईमा नै दुई लाख रुपैयाँ लिएका थिए ।



    विभागले अभिमुखीकरण गर्न सहयोगी गरेको आशंकामा इगल म्यानपावर कन्सलटेन्सीका सञ्चालक कृष्ण ढकाललाई विभागमा हाजिर हुन भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार