Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • टोपबहादुर बुढासहित १९ कैदीलाई राष्ट्रपतिको आममाफी

    टोपबहादुर बुढासहित १९ कैदीलाई राष्ट्रपतिको आममाफी

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 849
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपतिबाट टोपबहादुर बुढासहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको छ । गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुढासहित १९ जना कैदीको बाँकी कैद मिनाहा गरेका हुन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/२/१२ र १४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढासमेतका १९ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’’



    यसैगरी राषट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको निर्णयअनुसार ४८२ जना कैदीको बाँकी सजाय मिनाहा गरिदिएका छन् ।



    मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ १५ गतेको गणतन्त्र दिवसका दिनदेखि लागु हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ (लिम्बू)समेतका ४७५ जना र जेष्ठ नागरिक उदय नारायण गिरीसहित ७ सातजना सहित जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय राष्ट्रपतिले माफी गरिदिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार