Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नागरिकता विधेयकबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा एमालेको अवरोध

    नागरिकता विधेयकबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा एमालेको अवरोध

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 849
    SHARES

    काठमाडौं । नागरिकता विधेयकबारे उठेका प्रश्नको प्रधानमन्त्री ‘प्रचण्ड’ले संसदमा जवाफ दिन नभ्याउँदै संसदमा हंगामा भएको छ ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सांसदले उठाएको प्रश्नबारे जवाफ दिँदादिँदै एमाले सांसदले विरोध गरेका हुन् ।



    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरी संविधानलाई नै क्राइसेसमा राख्ने काम भएको बताएपछि एमालेका सांसदले विरोध गरेका हुन् ।



    सभामुख देवराज घिमिरेले पटक–पटक प्रधानमन्त्रीलाई कुरा राख्न दिन अग्रह गर्दा समेत एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रधानमन्त्रीलाई बोल्न नदिने गरी आवाज उठाइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार