Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियो : प्रधानमन्त्री प्रचण्ड

    संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 441
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको बताएका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान मिचिएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,’नागरिकतासम्बन्धी विधेयक संसद्बाट पारित भएर राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि गएको थियो । तर, राष्ट्रपतिज्यूले त्यसलाई होल्डमा राख्नुभयो । त्यतिबेला पनि कुरा उठेको थियो। संविधानको संरक्षकले नागरिकता विधेयक फिर्ता गर्नुभयो । सो विधेयक प्रमाणीकरण गर्नुभएन ।’



    संघीय संसद्को दुवै सदनले दुईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताए ।

    मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार