Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुन्छ : जनार्दन शर्मा

    नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुन्छ : जनार्दन शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 465
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने बताएका छन्।

    बजेटमाथि संसदमा भएको छलफलमा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन् । बजेटमाथि संसदमा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका थिए ।



    उपमहासचिव शर्माले माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताए ।



    उपमहासचिव शर्माले भने, ‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र ? याद रहोस्, माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ ।’

    संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको र संसदको तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार