Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सीके राउत भन्छन् – अधिकार प्राप्तिका लागि फेरि मधेश आन्दोलनको तयारी हुँदैछ

    सीके राउत भन्छन् – अधिकार प्राप्तिका लागि फेरि मधेश आन्दोलनको तयारी हुँदैछ

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 660
    SHARES

    वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन् ।

    शनिबार वीरगन्जमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।



    उनले विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरूले गद्धारी गरेका कारण मधेसका माग पूरा नभएकाले ती माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताए ।



    २२ जिल्लको एक मधेस प्रदेश, नागरिकता, मधेसीको सम्मान र पहिचान मधेस आन्दोलनको माग भए पनि तीमध्ये कुनै पनि माग पूरा नभएकाले फेरि मधेस आन्दोलनको तयारीमा जनमत पार्टी लागिसकेको राउतको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार