Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • इनर्जी ड्रिक्ङ्सदेखि सुपारी र पोस्तादानाको आयात खुलाउन चलखेल, पूर्व डीजीदेखि बिचौलियाहरु सल्बलाए

    इनर्जी ड्रिक्ङ्सदेखि सुपारी र पोस्तादानाको आयात खुलाउन चलखेल, पूर्व डीजीदेखि बिचौलियाहरु सल्बलाए

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । उद्योग विभागको महानिर्देशक हुँदा चोरबाटोबाट रेडबुललाई नेपालमा प्रवेश गराउने रामचन्द्र तिवारी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय ब्यापार महाशाखाका प्रमुख भएका छन् । विभागमा हुँदा करोडौं अनियमितता गरेको आरोप लागेका तिवारी अहिले महाशाखा मार्फत् शक्तिबद्र्धक पेय पदार्थ(इनर्जी ड्रिङ्क्स)को आयात खुलाउन लबिङ गरिरहेका छन् ।

    ब्यापारीहरुमार्फत् उद्योग मन्त्री रमेश रिजाललाई समेत कुरा पुर्याएका तिवारीकै कारणले गर्दा मन्त्रालयले समेत त्यसबारेमा सकारात्मक सोच्न सकिने बताएको छ । मन्त्री रिजालले इनर्जी ड्रिक्ङ्समा लगाइएको आयात प्रतिबन्धलाई बजेट भाषण मार्फत् खुलाउने प्रयास गरे पनि सफल हुन सकेनन् । अहिले मन्त्रीस्तरीय निर्णय गरेर राजपत्रमा निकाल्ने भन्नेबारेमा प्रारम्भिक छलफल चलाउन थालेपछि मन्त्रालयका अधिकारीहरु नै झस्किन पु्गेका छन् ।



    नेपालमा इनर्जी ड्रिक्ङ्सको प्रतिबन्धपछि दर्जनौं उद्योगहरु खुलिसकेका छन् । जसमा अरबौंको लगानी भइसकेको छ र हजारौं नेपालीले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन् । तर अरबौं लगानी भइसकेको स्वदेशी इनर्जी ड्रिक्ङ्स उद्योगलाई धरासायी बनाउन रेडब्ुललाई नेपालमा चोरबाटोबाट भित्र्याउने खेल भइरहेको छ ।



    २०७६ असार २ मा उद्योग मन्त्रालयले राजपत्र मार्फत् इनर्जी ड्रिक्ङ्स आयातमा प्रतिबन्ध लगाएको हो । त्यसपछि यसको आयात खोल्नका लागि पटक पटक आयातकर्ता राजेन्द्र खेतानहरुको समूहले प्रभावमा पार्ने काम गर्दैआएका थिए । पछिल्लो समय दिलेन्द्रप्रसाद बड्ु उद्योग मन्त्री हुँदा पनि रेडबुलको आयात खुलाउन तत्कालीन उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले नै लबिङ गरेका थिए । बाणिज्यमार्फत् हुन्ुपर्ने पहल उद्योग बिभागका तिवारीले गरेका थिए । उनले अर्थमन्त्रालयको प्रशासनिक नेतृत्वलाई समेत कन्भिन्स गरिसकेका भए पनि बडु निर्वाचनमा केन्द्रित भएपछि उनको योजना सफल हुन सकेको थिएन ।

    निर्वाचनबाट बिजयी भएर फर्केलगत्तै मन्त्रीबाट बाहिरिए, जसका कारण तिवारीलगायतको इनर्जी ड्रिक्ङ्सका आयातकर्ताको योजना चकनाचूर भएको थियो । सरकारबाट एमाले बाहिरिनेवित्तिकै रमेश रिजाल उद्योगमा आए । तिवारीले आफ्ना विश्वासपात्र बाबुराम गौतमलाई उद्योग विभागको महानिर्देशक बनाएर मन्त्रालयमा फिर्ता भए । मन्त्रालयमा आएपछि महत्वपूर्ण महाशाखा रोजेरै बसेका तिवारीलार्इृ अहिले पनि छायाँ महानिर्देशकका रुपमा कर्मचारीले लिने गर्दछन् ।

    उनले सम्हालेको द्विपक्षीय तथा क्षेत्रीय ब्यापार महाशाखाले तेस्रो मुलुकबाट भित्रने र भारतमा तस्करी हुने पोस्तादाना, सुपारी, मरिच लगायतको बस्तुको आयातसम्बन्धी नीतिगत निर्णयका लागि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । आफू बिभागमा हुँदै चोरबाटोबाट रेडबुललाई नेपालमा छिराएका तिवारी अब पोस्तादाना, सुपारी, मरिचको आयात खुलाउन खोजेका थिए । तर पोस्तादाना, सुपारीको आयातका लागि निवेदन दिएका कम्पनीहरुको हैसियत त्यसअनुसारको नभएको र त्यसमा अख्तियारले समेत छानबिन गर्ने भएपछि रोकिन पुगेको छ ।

    त्यस्तै, गृहमन्त्रालयको सहसचिवस्तरीय गोप्य प्रतिवेदनमा पोस्तादानालाई लागूऔषधको रुपमा ब्याख्या गरिएको छ । जुन प्रतिवेदनलाई उद्योग मन्त्रालयले गोप्य नै राखेको छ ।

    पोस्तादाना, सुपारी, मरिचको आयातको लागि सबै सेटिङ गर्ने काम बिचौलिया रामचन्द्र भट्टले मिलाएका थिए । गतबर्ष पनि उनैले सेटिङमा लाइसेन्स दिइएको थियो । तिवारीलाई महानिर्देशक बनाउनेदेखि टिकाउने र अहिलेको महाशाखा प्रमुख बनाउन पनि आफ्नै भूमिका रहेको भट्टले ठाउँ कुठाउँमा भन्दै हिंडेपछि तिवारीले उनीसँग चित्त समेत दुखाएको बताइन्छ ।

    उल्लेखित बस्तुहरुको आयात अनुमतिका लागि बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागको महत्वपूर्ण भूमिका हुने भएका कारण बिचौलिया मार्फत् लगिएका महानिर्देशक गजेन्द्र ठाकुरलाई समेत यो टीममा समावेश गराइएको छ । ठाकुरले विभागको तर्फबाट आयात गर्ने कम्पनीहरुको गोप्य सूची मन्त्रालयमा बुझाइसकेको स्रोतको दाबी छ ।

    उक्त सूचीका कम्पनी र तिनका संचालकहरुको नाम हेर्ने हो भने उनीहरुले पोस्तादाना र सुपारी आयात गर्ने हैसियत छैन । तर ती कम्पनीहरुका मालिक भने ठूला तस्करहरु भएको स्रोतको दाबी छ । अहिले तिवारी दिनहुँजसो एभरेष्ट होटलमा बिचौलिया रामचन्द्र भट्ट र उनले जम्मा गरेका पोस्तादाना र सुपारीको आयात गर्नेहरुसँग डिल गर्न ब्यस्त रहने गरेका छन् । बाणिज्य सचिव मधुकुमार मरासिनी, मन्त्रीका निजी सचिव मातृकाप्रसाद आचार्यसँग पनि यो समूहको थुप्रै पटक बैठक बसिसकेको स्रोतको दाबी छ ।

    उद्योग मन्त्रालयमा अर्को रमिता त के भएको छ भने उपसचिव बुद्धिप्रसाद आचार्यलाई सचिव मरासिनीले सूचना तथा प्रविधि शाखाको नेतृत्वसँगै बहुपक्षीय ब्यापार तथा ब्यापार सहायता महाशाखाको समेत दोहोरो जिम्मेवारी तोकेका छन् । केही दिनअघि मरासिनीकै चाहनामा शाखा प्रमुखको अलावा सहसचिवले नेतृत्व गर्ने महाशाखाको समेत कामकाज हेर्नेगरी अनौठो जिम्मेवारी दिने निर्णय गरेपछि कर्मचारीहरु आश्चर्यमा परेका छन् । जबकि उक्त महाशाखाको नेतृत्व सहसचिव डा. गोविन्दबहादुर कार्कीले गरिरहेका छन् । उपाध्यायलाई शाखा तोकिएको महाशाखा भने नीति तथा योजना महाशाखा मातहतको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार