Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बालेनको चेतावनीकाबीच ‘आदिपुरुष’ फिल्म चलाउने चलचित्र संघको निर्णय

    बालेनको चेतावनीकाबीच ‘आदिपुरुष’ फिल्म चलाउने चलचित्र संघको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले महानगर क्षेत्रभित्र बलिउड चलचित्र ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघको आकस्मिक बैठक बसेको छ ।

    महानगरका मेयर शाहले फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत दिएको चेतावनी भने चलचित्र संघले उल्लंघन गरेको छ ।



    शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।



    चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थका अनुसार संघमा छलफल गरिएलगत्तै महानगरभित्रका सबै हलमा ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको छ । उक्त चलचित्रको टिकट बिहीबार राति नै सोल्डआउट भइसकेको थियो ।

    आज (जुन १६) देखि भारतका विभिन्न सहर र नेपालमा पनि रिलिजको तयारीमा रहेको चलचित्रमा ‘सीता भारतकी छोरी हुन्’ भन्ने वाक्यांश उल्लेख गरेको पाइएपछि महानगर प्रमुख बालेनले ‘आदिपुरुष’ नसच्याए काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार