Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माघ २२ गते किन बन्द हुँदैछन् देशभरका सिनेमा हल ?

    माघ २२ गते किन बन्द हुँदैछन् देशभरका सिनेमा हल ?

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 771
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल चलचित्र संघले सिनेमा हल बन्द गर्ने भएको छ ।

    चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने भएका हुन् ।



    नेपाल चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रूपमा आगामी माघ २२ गत सोमबार मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय भएको छ।’



    संघले मूल्य अभिवृद्धि करबाहेकका कर खारेजीको माग गरेको छ।

    चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार