Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिमकोटबाट हिल्सा जाँदै गरेको जीप कर्णाली नदीमा खस्यो

    सिमकोटबाट हिल्सा जाँदै गरेको जीप कर्णाली नदीमा खस्यो

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    हुम्ला । कर्णाली नदीमा जिप खसेको छ । सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌ओर्लेका थिए ।



    जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते भएका छन् ।



    उनलाई उपचारका लागि सुर्खेत अस्पताल लैजान लागिएको हुम्ला प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार