Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता

    कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 690
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यथाशीघ्र बोलाउन माग गर्दै एक केन्द्रीय सदस्यले निवेदन दिएका छन् ।

    केन्द्रीय सदस्य मधु आचार्यले ११ महिनादेखि बैठक नबसेको भन्दै सोमबार सभापति शेरबहादुर देउवासमक्ष लिखित माग गरेका हुन् ।



    आचार्यको पत्रमा चुनावको समिक्षा गर्न अहिलेसम्म बैठक नबसेको तथा कार्यकर्ताले उठाएका सयौं प्रश्नको जवाफ नदिइएको भन्दै विधान बमोजिम बैठक बोलाउन माग गरिएको छ ।



    उनको निवेदन पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएको छ । पार्टीको विधानले हरेक दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने व्यवस्था गरे पनि गत साउनयता बैठक बस्न सकेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार