Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सभापतिविरुद्ध तथानाम बोल्दा पार्टीलाई नै कमजोर बनाउँछ : सीतादेवी देवकोटा

    सभापतिविरुद्ध तथानाम बोल्दा पार्टीलाई नै कमजोर बनाउँछ : सीतादेवी देवकोटा

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 636
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने तर्क राखेकी छिन् ।

    आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी कमजोर बनाउने छुट कसैलाई पनि नरहेको बताएकी हुन् ।



    उनले भनिन्, ‘सभापति व्यक्ति होइन,’संस्था हो । सभापतिलाई गालि गर्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ ।’



    गौरवमय इतिहास बोकेको कांग्रेस पार्टी अहिलेको पुस्ताको लागिमात्रै नभएर आउने पुस्ताको लागि पनि संरक्षण गर्नुपर्ने उनको भनाई छ ।

    त्यस्तै उनले भ्रष्टचारीलाई कारबाही गरेको कारणले माओवादीले कांग्रेसलाई छोड्न सक्ने चर्चासँगै वर्तमान सरकार परिवर्तन हुने हल्ला व्यापक सुनेको सभापति शेरबहादुर देउवालाई सुनाइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार