Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • माओवादी केन्द्रीय समिति बैठक असार २३ देखि, के छन् एजेण्डा ?

    माओवादी केन्द्रीय समिति बैठक असार २३ देखि, के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 546
    SHARES

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति असार २३ गतेदेखि बस्ने भएको छ । बैठक काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बस्नेगरी बोलाइएको हो ।

    बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुनेछन्।



    पार्टीका महासचिव देव गुरुङका अनुसार बैठकका लागि २ महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा प्रतिवेदन पेस गर्ने एजेन्डा तय गरिएको छ।



    चार दिनसम चल्ने बैठकमा नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि छलफल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा केन्द्रीय समिति बैठकमा यसबारे पनि छलफल हुने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार