Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौंमा

    अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौंमा

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । अलिबाबाका संस्थापक एवं चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन्।

    ज्याकसहित ६ जनाको टोली मंगलबार बंगलादेशबाट हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजबाट काठमाडौं आइपुगेका हुन्।



    ज्याक नेपालमा को-कोसँग भेट गर्ने भन्नेबारे केही खुलेको छैन।  ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।



    कोभिडको समयमा ज्याक माले नेपालका लागि मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री सहयोग गरेका थिए।

    सन् २०२० को अक्टोबरमा ज्याक माले एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषण निकै महँगो पर्‍यो। सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरिएको उक्त भाषणलाई लिएर चीन सरकारले उनलाई नजरबन्दमा राखेको चर्चा पनि चलेको थियो।

    दुई वर्षअघि ज्याक मा गायब भएको चर्चा सञ्चारमाध्यममा छाएको थियो। दुई महिना बढी सार्वजनिकरूपमा देखा नपरेपछि उनी गायब भएको चर्चा संसारभरि छाएको थियो।

    लामो समयको अन्तरालपछि उनी सार्वजनिक कार्यक्रममा देखा परेका थिए। उनी सार्वजनिक भएसँगै अलिबाबाको सेयरसमेत उकालो लागेको थियो। ज्याक मा अलिबाबाबाहेक ‘ज्याक मा फाउन्डेसन’ पनि चलाउँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार