Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चिनियाँ अर्बपति ज्याकले गरे कालिमाटी तरकारी बजारको अवलोकन

    चिनियाँ अर्बपति ज्याकले गरे कालिमाटी तरकारी बजारको अवलोकन

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । मंगलबार चार्टर्ड जहाजमार्फत काठमाडौं आइपुगेका चिनियाँ अर्बपति व्यापारी एवम् उद्यमी ज्याक मा युनले कालीमाटी तरकारी बजारको अवलोकन गरेका छन् ।

    उनले बुधबार बिहान १० बजेर ३७ मिनेटदेखि १० बजेर ५० मिनेटसम्म कालिमाटी बजारको विभिन्न पक्षको अवलोकन गरेका हुन् । त्यसक्रममा उनले त्यहाँको भुक्तानी प्रणालीबारे पनि चासो राखेको बताइएको छ।



    विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक मा बजारमा किन गएका थिए भन्नेबारे भने स्पष्ट खुलेको छैन । ७ जना सहयोगीहरुका साथ कालिमाटी पुगेका उनी कारबाट बाहिर भने ननिस्किएको बताइएको छ ।



    कालीमाटी बजार अवलोकनपछि उनी स्वयम्भूनाथ दर्शन गर्न पुगेको प्रहरीले जनाएको छ । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार