Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मारुती सिमेन्टका व्यापार प्रबन्धक जोशी विराटनगरबाट पक्राउ

    मारुती सिमेन्टका व्यापार प्रबन्धक जोशी विराटनगरबाट पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 3.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात मुद्दामा पक्राउ पुर्जी जारी भई जोशीलाई सप्तरी प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो ।

    राजविराज–४ का दिवाकर साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई प्रबन्धक जोशीलाई तीन दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



    प्रहरीले बुधबार नै पाँच दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । राजविराज–४ का साहले आफ्नो घर निर्माणका क्रममा मारुती सिमेन्टको प्रयोग गरेको र सो सिमेन्ट प्रयोग गरी घर बनाउँदा भर्‍याङ लडेपछि सिमेन्ट गुणस्तरहीन भएको आरोप लगाउँदै ठगी (आपराधिक विश्वासघात) मुद्दामा जाहेरी दिएका थिए ।



    सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना फरार छन् । उनीहरूको खोजी कार्य जारी रहेको सप्तरी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार