Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मारुती सिमेन्टलाई कारबाही, इजाजत नै रद्द

    मारुती सिमेन्टलाई कारबाही, इजाजत नै रद्द

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । मापदण्डअनुसार मारुती सिमेन्टको गुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजार पठाएको सिमेन्ट गुणस्तर नै रहेको दाबी गरेर गुणस्तर विभागलाई भने तापनि विभागले इजाजत रद्द गरिदिएको हो ।

    विभागका महानिर्देशक विश्वबाबु पुुडासैनीले गुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको बताए ।



    उनले मारुतीले सिमेन्ट गुणस्तर भएको दाबी गरे पनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिनुपर्ने पनि जानकारी दिए । उनले भने, ‘मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड ब्याचको सिमेन्ट बजारमा पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।’



    उपभोक्ताको अधिकतम उजुरी परेपछि विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो ।

    विभागले गत १ मंसिरमा मारुती सिमेन्टलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । विभागको सो निर्देशनमा मारुती सिमेन्टले गुणस्तर नै भएको दाबी गरेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए ।

    विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको सो कम्पनीको ओपीसी ४३ ग्रेडको सिमेन्ट मापदण्डअनुसार नपाएपछि सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो ।

    नेपाल गुणस्तर चिह्न प्राप्त सो कम्पनीको सिमेन्ट नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारबाही गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार