Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कांग्रेस जिल्ला सभापतिहरुको भेला असार २१ मा हुने

    कांग्रेस जिल्ला सभापतिहरुको भेला असार २१ मा हुने

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 567
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिको भेला आगामी असार २१ गते हुने भएको छ ।

    केन्द्रीय कार्यालय सानेपामा हुने भेलामा नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया-छलफल हुने जनाईएको छ ।



    कांग्रेसले विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण गराँउदै आएको सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ ।



    यो पटकदेखि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहलाई परिपत्र गरेर सदस्यता वितरण गर्न यसअघि नै निर्देशन दिई गत सातादेखि अनलाइनबाट सदस्यता लिन सकिने व्यवस्था गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार