Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • श्रीमतीलाई दुर्व्यवहार गरेको भन्दै शिक्षकको हत्या, संलग्न प्रजालाई जन्मकैदको फैसला

    श्रीमतीलाई दुर्व्यवहार गरेको भन्दै शिक्षकको हत्या, संलग्न प्रजालाई जन्मकैदको फैसला

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.1K
    SHARES

    बैतडी । जिल्ला अदालत बैतडीले पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्नता भएको पुष्टि गर्दै एक दम्पतीलाई जन्मकैद गर्ने आदेश दिएको छ ।

    जिल्ला अदालत बैतडीका न्यायाधीश जयानन्द पनेरुको इजलासले शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई जन्मकैद र उनकी २२ वर्षीया श्रीमती विमलालाई छ वर्ष कैदको आदेश दिएको हो ।



    सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक विष्ट गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए ।



    शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार