Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, तीन अर्ब चार करोड रुपैयाँको कारोबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, तीन अर्ब चार करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 681
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार २८.३८ अंकले बढेको बजार २०७७.७६ विन्दुमा पुगेको छ ।

    त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ । बजार बढेपनि कारोबार रकममा भने सुधार देखिएको छैन ।



    कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर रू तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।



    कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार