Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 579
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ ।

    आज नेप्से ४.७३ अंकले घटेर दुई हजार ७२.२४ विन्दुमा झरेर बन्द भएको हो ।



    नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार भने कारोबार २ अर्ब ८५ करोडमा खुम्चिन पुग्यो ।



    कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा विकास बैंक, फाइनान्स, म्युचुअल फन्ड र उत्पादन तथा प्रशोधन समूह रहेका छन् ।

    नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेनस लिमिटेडको भएको छ । यस कम्पनीको आज १२ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार